
धनगढी । धनगढी उपमहानगरपालिकाको १२औँ स्थापना दिवस स्थगित गरिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मुलुक शोक र विपद्को अवस्थामा रहेकाले स्थापना दिवस स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले हरेक वर्ष असोज १ गते स्थापना दिवस मनाउँदै आएको छ। गत वर्ष जेन्जी आन्दोलनका कारण ११औँ स्थापना दिवस स्थगित गरिएको थियो। यस वर्ष भने भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण व्यापक धनजनको क्षति भएपछि १२औँ स्थापना दिवस पनि स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ।

