
धनगढी । धनगढीबाट प्रहरीले स्रोत नखुलेको आठ लाखसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडिबाट बुधबार राति स्रोत नखुलेको आठ लाख अथात् भारतीय पाँच लाख रुपैयाँसहित १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको पञ्जाब बस्ने ती किशोरलाई बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त नगदसहित पक्राउ गरेको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

