विद्युत् प्राधिकरणका इन्जिनियर घुस लिँदालिँदै पक्राउ

cp new add
Nisharg hospital

विराटनगर । सेवाग्राहीसँग घुस लिँदालिँदै विद्युत प्राधिकरण इटहरीका इन्जिनियर पक्राउ परेका छन् ।

नेपाल विद्युत् प्राधिकरण इटहरी शाखामा कार्यरत सातौँ तहका इन्जिनियर कृष्ण यादव ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीको काम गरिदिने भन्दै यादवले घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित टोलीले उनीमाथि निगरानी बढाएको थियो ।

निगरानीका क्रममा यादवले सेवाग्राहीबाट घुसबापतको रकम बुझ्न लागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई पछ्याएको थियो ।

अख्तियारको टोलीले यादवलाई इटहरी उपमहानगरपालिका–९ स्थित दृष्टि खाजा घरबाट सेवाग्राहीसँग ५० हजार रुपैयाँ नगद बुझ्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...