press
po

राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न परिषद्को आग्रह

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

sanjiwan
Nisharg

राहत तथा मानवीय सामग्री वितरण गर्दा आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमतिबिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

परिषद्ले पीडितको अनुमतिबिना व्यक्तिगत फोटो, भिडियो तथा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत वा प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न पनि सामाजिक संघसंस्था लगायत सबै पक्षलाई आग्रह गरेको छ ।

HAMRO DAIRY

परिषद्ले विपद्का समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैमा अनुरोध गरेको हो । परिषद्को वेबसाइटमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनासम्बन्धी आवश्यक सूचना प्रकाशित गरिएको छ ।

परिषद्ले १० भदौमा नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोग भइरहेको जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...