लागूऔषधसहित कैलालीमा दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी। लम्कीचुहा नगरपालिका–४ खल्लाबाट अवैध लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय शंकर देउवा र २० वर्षीय पूर्णबहादुर चन्द रहेका छन्।

इलाका प्रहरी कार्यालय लम्कीबाट बुधबार साँझ खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ ३०० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रमाडोल २९ ट्याब्लेट र एविल २८ ट्याब्लेट बरामद गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...