जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका चौधरी पक्राउ

cp new add
Nisharg hospital

कैलाली । जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका कैलालीका एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका भजनी नगरपालिका–२, रजवारा बस्ने २८ वर्षीय संजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधबार राति उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...