
डडेल्धुरा । अदालतबाट कैद सजाय तथा जरिवाना तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत डडेल्धुराको विभिन्न मितिको फैसलाले अभद्र व्यवहार मुद्दामा २ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका भागेश्वर गाउँपालिका–४ का २३ वर्षीय सुरेन्द्र राज भट्ट पक्राउ परेका छन्।
यस्तै, अवैध हातहतियार मुद्दामा १ वर्ष २ महिना १० दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका आलिताल गाउँपालिका–४ का ४४ वर्षीय दिपकबहादुर सिजाली पनि पक्राउ परेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

