कञ्चनपुरमा ११ ग्राम लागुऔषधसहित दुई जना प्रहरीको फन्दामा

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीबाट प्रहरीले ११ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

भासी क्षेत्रमा लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट भासीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजेश थापामगरको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ११ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेपछि भीमदत्त नगरपालिका–११ घर भई हाल भासीमा कोठा गरी बस्ने ३३ वर्षीय राजेश थापामगर र शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीकी ५३ वर्षीया सुनिया चौधरी पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...