पाटनका भट्ट दाजुभाईद्वारा आमबुवाको स्मृतिमा अक्षय कोष स्थापना

cp new add
Nisharg hospital

२८ कात्तिक, धनगढी । बैतडीको पाटन नगरपालिका–३ मा रहेको माध्यमिक विद्यालय गुजरमा आमाबुवाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।

वडा नम्बर ३ को बाटुलीका तर्कराज भट्ट र अम्बादत्त भट्टले आमाबुवाको स्मृतिमा ३३ हजार ३३३ रुपैयाँ बराबरको सुन्दर धाना स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् । उनीहरु दुवै जना सहोदर दाजुभाई हुन् ।

विद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीको उपस्थितीमा बसेको बैठकले शिक्षा नियमावलीअनुसार गरिब, विपन्न, जेहेन्दार तथा टुहुरा बालबालिकालाई वार्षिक रुपमा छात्रवृत्ति दिने गरी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

यसैबीच सुन्दर धाना स्मृति छात्रवृत्ति अक्षय कोषबाट यसवर्षको छात्रवृत्ति पनि वितरण गरिएको छ । माध्यमिक विद्यालय गुजरमा अध्ययनरत तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कक्षा ४ मा अध्ययनरत सुरज लुहार, ८ मा अध्ययनरत कलावती विष्ट र १० कक्षामा अध्ययनरत ओमप्रकाश अवस्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...