१५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

cp new add
Nisharg hospital

फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानुनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले कानुनी तथा प्राविधिक सुधारसहित नयाँ प्रस्ताव अघि बढाएको हो ।

म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न प्रतिबन्धलाई प्रमुख प्राथमिकतामध्ये एक बनाएका छन् । उनले आगामी वर्ष आफ्नो राष्ट्रपतीय कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू हुने अपेक्षा व्यक्त गरेका छन् ।

फ्रान्सको संवैधानिक परिषद्ले गत अगस्टमा अघिल्लो कानुनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो । त्यसपछि सरकारले कानुनी तथा प्राविधिक सुधारसहित नयाँ मस्यौदा तयार गरेको हो ।

म्याक्रोनले युरोपेली संघ (इयू) का अन्य सदस्य राष्ट्रमा पनि बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउने समान व्यवस्था लागू गर्न आग्रह गर्दै आएका छन् । नयाँ प्रस्ताव इयूको कानुनअनुकूल भए–नभएको सुनिश्चित गर्न युरोपेली आयोगलाई जानकारी गराइएको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यसै साता ब्रसेल्समा हुने सम्बोधनमा बालबालिकाका लागि इयूभर सामाजिक सञ्जालमा सम्भावित प्रतिबन्धबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

बालबालिकामा सामाजिक सञ्जालको नकारात्मक प्रभावबारे चिन्ता बढिरहेका बेला विभिन्न देशले यसको पहुँच सीमित गर्ने कदम चालिरहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...