
२८ कात्तिक, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले वडा नं ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर मेलाका लागि कार्तिक २९ गते बिदा दिएको जनाएको छ ।


