हामी भुमीहिन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउदै थियौँ, कांग्रेसले रोक्यो : राना

cp new add
Nisharg hospital

२८ कात्तिक, धनगढी । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज नारदमुनी रानाले नेपाली कांग्रेसले भुमिहिन, सुकुम्बासी र दलितलाई जमिनको मालिक बनाउन नखोज्ने दाबी गरेका छन् ।

Nast Ad

एमाले कैलालीका इन्चार्ज तथा क्षेत्र नम्बर ५ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार पनि रहेका रानाले कांग्रेस गरिब, निमुखा र निम्न वर्गको पार्टी नभएकोले मालिक बनाउन नखोज्ने आरोप लगाए ।

सोमबार धनगढीका विभिन्न स्थानमा आयोजना गरिएका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रानाले गरिब, सुकुम्बासी, दलित, भुमिहिन लगायत निम्न वर्गीयको पार्टी एमाले भएको दावी गरेका छन् ।

भूमीहिनलाई जग्गाधनी पुर्जा दिन २०५१ सालमा एमालेको सरकार भएका बेला भुमी आयोग गठन भएको बताउदै रानाले बीचमा एमाले सरकारमा नभएकै कारण पुर्जा  वितरण गर्न नसकिएको सुनाए ।

‘२०५१ पछि यो बिचमा एमालेको सरकार बन्न सकेन । बनेपनि ६ महिने, ९ महिने बन्यो तर कांग्रेस पटक–पटक सत्तामा पुग्दा पनि जग्गाधनी पुर्जा दिन कुनै पहल थालेन,’ रानाले भने, ‘जब एमाले अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री बन्नुभयो, आयोग गठन गरेर, धमाधम जग्गाधनी पुर्जा दिनका लागी लगत संकलन कार्य भयो, तर पुर्जा दिनेबेला विभिन्न षड्यन्त्र गरेर हाम्रो सरका। ढालियो ।’

एमालेको सरकार ढालेर कांग्रेसले नेतृत्वको गठबन्धन सरकारले भुमी सम्बन्धी समस्या समाधान आयोग पनि खारेज गरिदिएको र एमालेकै मान्छेले सर्वोच्चमा मुद्दा हालेपछि ब्युतिएको उनले बताए ।

‘काग्रेंस नेतृत्वको सरकारले गरिबमाथी यस्तो कदम चाल्दा एमालेकै साथीहरुले सर्वोच्चमा मुद्धा हालेपछि आयोग पुनर्जिवित भयो । केही काम शुरु भयो तर पुर्जा अझै दिइएको छैन, उनले भने, ‘अहिलेसम्म एमाले सरकारमै भएको भए पुर्जा सबैले पाउँथे, काग्रेंसकै कारण जग्गाधनी पुर्जा पाउनबाट सबै वञ्चित भए । अब हामी सरकारमा गएलगत्तै पुर्जा वितरण गर्छौँ । ’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...