भजनीमा मध्यराती तस्करी, डेढ लाखको सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीको भजनीमा रातिको समयमा हुने चोरी तस्करी बढ्दै जान थालेको छ । बिहीबार मध्यरातमा समेत प्रहरीले तस्करी भइरहेको अवस्थामा झन्डै डेढ लाखको सामान बरामद गरेको छ ।

इप्रका पृथ्वीपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक समुद्र केशर पन्तको कमान्डमा खटिएको टोलीले भजनी नगरपालिका–७ को करुवा घाटमा एक लाख ३० हजार बराबरको सामान बरामद गरेको हो ।

एक लाख २५ हजार बराबरको फुटबल सुज र एउटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामान कारवाहीका लागि भन्सार कार्यालय बुझाइनेछ ।

भजनी क्षेत्रमा पछिल्लो समय चोरी तस्करी बढ्दै जान थालेको गुनासो बढिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...