धनगढीका युवक ११ ग्राम खैरो हेरोइनसहित पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई गोदावरी नगरपालिका–१ अत्तरियास्थित गोदावरी पुलमा शंकास्पद अवस्थामा चेकजाँच गर्दा साथबाट ११ ग्राम २८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो । पक्राउ परेका साउदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...