राणालाई नियन्त्रणमा लिएका एसएसपी खड्काको बयान– ‘आदेश पालना गरेको हुँ’

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएको घटनाबारे आयोगले उनलाई सोधपुछका लागि बोलाएको थियो।

आइतबार मध्यराति एसपी खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले राणालाई शयन कक्षबाटै नियन्त्रणमा लिएको थियो। आयोगसमक्ष बयान दिँदै खड्काले आफूले ‘आदेश पालना गरेको’ बताएका छन्। आयोग स्रोतका अनुसार खड्काले आफूले गरेका सबै काम आदेशअनुसार भएको बताएका छन्। उनी केही समयअघि आयोगबाट बाहिरिएका छन्। अहिले प्रारम्भिक चरणको बयान लिने काम भएको र घटनाबारे अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।

राणालाई शनिबार रातिदेखि आइतबार अपराह्नसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नियन्त्रणमा राखिएको थियो। पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली कार्यालय पुगेको थियो। तर, आयोगका प्रतिनिधिलाई राणासँग भेट गर्न दिइएको थिएन।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...