प्रतिनिधिसभाः रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको स्वागत

cp new add
Nisharg hospital

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी छिन् ।

प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद रमेशकुमार मल्लले मधेसका नागरिकसहित सबै नेपालीको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न विधेयक ल्याइनु स्वागतयोग्य रहेको बताए । उनले अध्ययन र अनुसन्धानमा मात्र सीमित नरही दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई विधेयकमा समेटिनु सकारात्मक रहेको उल्लेख गररे ।

सांसद आशा झाले विधेयक कार्यान्वयन भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडि परेको मधेस प्रदेशले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्राप्त गर्ने आधार तयार हुने बताइन् । सांसद युवराज दुलालले गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको बताए ।

छलफलमा सांसदहरू प्रमिला कुलुजु, माधवबहादुर थापा, परशुराम तामाङ, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, अङ्किता ठाकुर, डा पुष्पराज कँडेल, नीनुकुमारी कर्ण, विष्णुमाया विक, साजिदा खातुन सिद्धिकी, मोहनलाल आचार्य, प्रभा ढकाल, अशोककुमार चौधरी र डा. लेखजङ्ग थापाले भाग लिएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...