
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भेट गरेका छन् । महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मासँग भेट्नका लागि मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च स्रोतले दिएको जानकारी अनुसार, दिउँसो करिब ४ बजेतिर महानिरीक्षक कार्की सर्वोच्च अदालत पुगेका थिए । उनीहरूबीच प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा करिब पौने घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ ।
यद्यपि, उनीहरूबीचको कुराकानीको विषय भने खुलाइएको छैन । प्रहरीले यसअघि पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै रातारात घरबाट प्रहरी चौकी पुर्याएको थियो ।
सरकारले पनि चोलेन्द्रमाथि थ्रेट बढेकाले रेस्क्यू गरेको बताएको छ । यद्यपि, जबरालाई आइतबार १० घण्टा नियन्त्रणमा राखिएको विषयमा सर्वोच्चको फलकोर्ट बैठकले समेत आपत्ति जनाएको थियो ।
फुलकोर्टले उक्त विज्ञप्ति जारी गरेपछि प्रहरीका आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग भेट गरेका हुन् ।

