दशैँको शुभकामनासँगै रास्वपालाई सरकार आफैँ नढाल्न ध्रुव राईको चेतावनी !

cp new add
Nisharg hospital

काठमाण्डु । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो सरकार आफैँ नढाल्न सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद राईले दशैँको शुभकामना दिँदै रास्वपाले पाएको राजनीतिक शक्तिलाई जोगाएर सरकारलाई पाँच वर्ष टिकाउन आग्रह गरे।

उनले बर्खे अधिवेशनमा जनताका तर्फबाट उठाइएका प्रश्नको जवाफ पाउन नसकेको पनि बताएका छन्। त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै उनले आगामी दिनमा सरकारले प्रतिपक्षलाई सही ढंगले हिँडाउन सकोस् भन्ने कामना गरे। ‘देउसेले भनेजस्तै भन्छु, यो साल यस्तै भयो, अर्को साल आउँदा सुनको छानो भनेजस्तै आशीर्वाद दिनुपर्ने भयो,’ उनले व्यंग्य कस्दै अगाडि भने।

राईले नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस र नेकपा माओवादीले शक्तिशाली बहुमत प्राप्त गरेको प्रसंग निकाल्दै अहिले रास्वपाले त्यस्तै शक्तिशाली जनमत पाएको बताए। ‘आज घानेघुने सुनिँदै छ, नेपालको इतिहासमा ०१५ सालमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि ०६४ सालमा माओवादीले प्राप्त गरेको रहेछ । अहिले २०८२ सालमा रास्वपाले पनि त्यतिकै शक्तिशाली रूपमा पाएको छ,’ उनले भने।

राईले रास्वपाका सांसदहरूलाई सत्ता र सरकार जोगाएर पाँच वर्ष टिकाउन पनि आग्रह गरे।

‘यो सतीले सरापेको देश भनिएको छ। जोगिनुहोला। सत्ता र सरकार जोगाएर पाँच वर्ष टिकाउनुहुन्छ भने जनताले आशा गरेजस्तो हुनेछ,’ दशैँको शुभकामना दिँदै उनले रास्वपा सांसदहरूलाई भने, ‘यस बीचमा आफ्नो सरकार आफैं नढाल्नुहोला । सदनबाट शुभकामना दिन चाहन्छु।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...