दयाहाङ भन्छन्– स्टारडमभन्दा कथा बलियो हुन्छ

cp new add
Nisharg hospital

काठमाडौं । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण टिमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दयाहाङले स्टारडमभन्दा सिनेममा कथा बलियो हुने बताएका हुन् ।

चलचित्र चलाउन कलाकारको स्टारडमभन्दा कथा बलियो हुनुपर्नेमा उनको धारणा छ । कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै भएको उनको तर्क छ ।

“कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले कथा नै बलियो हुन्छ । कथा बलियो भएपछि सिनेमा चल्छ,” उनले भने, “स्टारडमले चलचित्रलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो ।”

कलाकारको लोकप्रियतासँगै चलचित्रको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले हालसम्म साढे आठ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...