दसैँका लागि मुस्ताङमा बिक्रीका लागि राखिएका भेडाच्याङ्ग्राको निरोगिताको प्रमाणपत्र अनिवार्य

cp new add
Nisharg hospital

मुस्ताङ । दसैँलक्षित मुस्ताङबाट बाहिरिन थालेका भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण सुरु गरिएको छ । जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्रा बिरामी वा अन्य रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्लाबाहिर पठाउने गरिएको छ ।

डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका गरी दुई हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बजारमा पठाएको कार्यालयका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।

निरोगिताको प्रमाणपत्र नभएका भेडाच्याङ्ग्रालाई नाकामै रोकिन्छ, हालसम्म परीक्षण गरेकामा रोग देखिएको छैन, लामो यात्रामा चोट लागेकाको उपचार र जिल्लाभित्रै वध गर्न अनुरोध गरिएको छ,” प्रमुख डा. अर्यालले भन्नुभयो । एकल तथा सामुहिक खरिद गरी ल्याइएको भेडाच्याङग्रामा ज्वरोलगायत शारीरिक परीक्षण गरेपछि मात्रै ७२ घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने गरिएको कार्यालय प्रमुख डा. अर्यालको भनाइ छ । चाडपर्वमा मुस्ताङबाहेक डोल्पा र चीनको तिब्बतलगायतका क्षेत्रबाट आउने भेडाच्याङग्रा लुकिछिपी जिल्लाबाहिर लगेको पाइएमा जरिबाना गरी पुनः परीक्षण गरी व्यापारीलाई दिने गरिएको डा. अर्यालले बताउनुभयो ।

चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु प्रयोग गर्ने गरी परीक्षणका क्रममा रोगी पहिचान भएमा कार्यालयको निगरानीमा राखेर उपचार गरेपछि मात्रै व्यापारीलाई जिम्मा लगाइने कार्यालयकी सूचना अधिकारी बबिता विकले बताउनुभयो । नियमित खोप नलगाएका तथा बिरामी अवस्थामा भेटिएमा सिङमा रातो रङको स्टिकर लगाइन्छ । नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्था अनुसार पशु ढुवानीअघि दर्तावाला पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ ।

यस वर्ष मुस्ताङबाट पाँच हजार र डोल्पा र कोरला नाकाबाट पाँच हजार गरी करिब १० हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । लेकाली जडीबुटी खाने भएकाले दसैँतिहार जस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुन्छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...