मतदातासँग जोडिन त्रिपाठीको नयाँ जुक्ति, चुनावी अभियानमा रोबोटको प्रयोग

cp new add
Nisharg hospital

काठमाण्डौ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।

नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका हुन् । इन्जिनियर समेत रहेका त्रिपाठीले मंगलबार विहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए ।,

उनले कांग्रेसको प्राकृतिक स्रोत विभाग सदस्य सचिव र निर्वाचन ब्युरो सदस्यका रूपमा पनि काम गरेका थिए। सभापति गगन थापा निकट रहेर काम गर्दै आइरहेका उनी सामाजिक अभियानमा पनि सक्रिय छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...