भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारीबारे जानकारी गराएका थिए ।

सरकारकै आग्रहअनुसार सभामुख भीमबहादुुर भण्डारीले बुधबार साँझ ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाउनेगरि कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति जुुटेको छ । मन्त्री रावलले बुधबार तय भएको बैठकमा सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुतु गर्ने कार्यसूची तय भएको जानकारी दिएका छन् ।

सरकारले बजेटको आकार भने खुलाएको छैन् । तत्कालीन आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले चालु वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए तर सोही बजेटका कारण उत्पन्न विवादले प्रदेशमा एमाले र नेकपाको नयाँ समीकरण बन्यो भने बजेट फेल भयो ।

एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको डेढ महिनापछि यो सरकारले बजेट ल्याउन लागेको छ । अहिलेको बजेट नै प्रदेश सभाको यो कार्यकालको अन्तिम बजेट हुनेछ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...