कैलालीमा भारतबाट फर्किरहेका मजदुर लुटेको आरोपमा तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । भारतबाट घर फर्किरहेका कैलालीका एक मजदुर लुटिएका छन् ।

गोदावरी नगरपालिका–३ का ४० वर्षीय चेतन बोहरा भारतबाट फर्किने क्रममा चौकीडाँडामा लुुलिएको प्रहरीले जनाएको छ । बोहराको साथबाट तीन जना स्थानीयले ५५ हजार भारतीय रुपैयाँ लुटेका थिए ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी–३ का २१ वर्षीय भक्त बोहरा, २४ वर्षीय केशव खड्का र २० वर्षीय लव ताम्राकार रहेको इलाका प्रहरी मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराले जानकारी दिए ।

उनकाअनुसार उनीहरु मध्ये खड्काको साथबाट ७ हजार चार सय भारतीय रुपैयाँ बरामद गरिएको छ । तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...