कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

cp new add
Nisharg hospital

निजगढ नगरपालिका १२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ ।

हिजो बेलुका कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो । तर आज बिहान ४:०० बजे उठाउन खोज्दा नउठेपछि मृत्यु भएको जानकारी ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा गराइएको थियो ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न विजय मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...