३ करोड ३८ लाख बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं। प्रहरीले रु तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने बिक्कीकुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनलाई माइतीघरबाट पक्राउ गरेको हो। उनले ‘वान एक्स’ एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी ९जुवा० गर्ने तथा युएसडिटीलगायत अभौतिक मुद्राको कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

महतोले हालसम्म रु तीन करोड ३८ लाख आठ हजार ३५० बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।

प्रहरीले महतोको साथबाट एउटा मोबाइल फोन बरामद गरेको छ। आरोपी महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा बिहीबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...