राप्रपा सुदूरपश्चिमकाे अध्यक्षमा भट्ट विजयी

cp new add
Nisharg hospital

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सुदूरपश्चिमको अध्यक्षमा पुष्करदत्त भट्ट विजयी भएका छन् ।

बुधबार भएको निर्वाचनबाट प्रतिद्वन्द्वी धर्मराज जाेशीलाई पराजित गर्दै भट्ट अध्यक्षमा विजयी भएका हुन् । भट्टले एक सय ५८ मत प्राप्त गरे भने पराजित भएका जाेशीले एक सय ४९ मत पाएका छन् ।

डाेटीकाे दिपायल सिलगढी नगरपालिकामा जन्मिएका भट्ट धनगढीमा बसाेबास गर्दै आएका छन् । उनी यसअघि पार्टीको केन्द्रीय सदस्यकाे भूमिकामा थिए ।

भट्टसँग पराजीत भएका जाेशी भने प्रदेश अध्यक्षमा दाेहाेरिन खाेजेका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...