कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति शल्यक्रिया गरिएको हो।

हाल राईको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी अस्पतालमै उपचाररत रहेको बताइएको छ।

शल्यक्रियामा संलग्न चिकित्सक तथा अस्पताल परिवारप्रति राईले आभार व्यक्त गरेका छन्। स्वास्थ्यमा समस्या आएर अस्पतालमा रहनुपरे पनि महाधिवेशन प्रतिनिधि तथा पार्टीका साथीहरूले आफ्नो उम्मेदवारीप्रति देखाएको माया, सद्भाव र समर्थनले आफूलाई हौसला मिलेको उनले बताएका छन्।

स्वास्थ्य अवस्थाका कारण सबैको फोन उठाउन नसकेको भन्दै उनले क्षमासमेत मागेका छन्। साथै, आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...