स्कुल बस दुर्घटना अपडेट : मृत्यु भएकामध्ये चारजनाको पहिचान खुल्यो

cp new add
Nisharg hospital

कास्कीको पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा चार विद्यार्थीसहित पाँचजना रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी छन् । करिब १५ वर्षीया एक बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू कक्षा १० का विद्यार्थी रहेको र परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...