सुनको मूल्य तोलामा २९ सयले बढ्यो

cp new add
Nisharg hospital

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन सुनको मूल्य तोलामा दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...