
काठमाडौं । गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भन्ने नरेश लोहनी र सोही ठाउँका ३० वर्षीय रत्न बहादुर राउत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लोहनी झुम्का कारागारबाट फरार भएका थिए । उनलाई सुनसरीको इनरुवा नगरपालिका–४ सहमति चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, काठमाडौंको जगन्नाथदेवल कारागारबाट फरार भएका राउत इटहरी उपमहानगरपालिका–७ बालग्राम चोकबाट पक्राउ परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

