दोधाराचाँदनीको झोलुंगे पुल पुनर्निर्माण गर्न रमेश लेखकको आग्रह

cp new add
Nisharg hospital

धनगढी । महाकाली नदीमाथि रहेको दोधाराचाँदनी झोलुंगे पुल भत्किएपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले यसको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र पुनर्निर्माण गर्न आग्रह गरेका हुन् । उनले पुलको संरक्षण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन पनि सरकार र सम्बन्धित निकायलाई आग्रह गरे ।

लेखकले दोधाराचाँदनी झोलुंगे पुल स्थानीयको आवागमन सहज बनाउने संरचना मात्र नभई देशकै ऐतिहासिक सम्पदा भएको बताए । कुनै समय दोधाराचाँदनीबाट नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले महाकाली नदीमाथि पुल बनेपछि यस क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष जोड्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।

२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधाराचाँदनीलाई जोड्ने प्रस्ताव अघि सारेको लेखकले स्मरण गरे । त्यसबेला कतिपयले उक्त योजनालाई असम्भव भन्दै ठट्टा गरेको उनले बताए ।

तर, सरकारी बजेट तथा नेपाली प्राविधिक र निर्माणकर्ताको सहयोगमा पुल निर्माण सम्भव भएको उनको भनाइ छ । उक्त पुल निर्माणले नेपालका अन्य स्थानमा समेत लामा झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याएको लेखकले उल्लेख गरे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...