


कञ्चनपुर । कञ्चनपुरको बेदकोटमा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।


बेदकोट नगरपालिका–१० सिद्धनाथ चोकस्थित यादव शाहुको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा घरको कोठाभित्र लुकाइछिपाई राखेको अवस्थामा १४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।





सोही कोठामा रहेका बेदकोट नगरपालिका–१० का ३० वर्षीय मुकेस मल्ल, वडा नम्बर ३ का ३२ वर्षीय महेन्द्र चन्द र घरधनी ३२ वर्षीय यादव शाहुलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजीबाट सोमबार दिउँसो खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




