


काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बहादुरसिंह थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी सुदूरपश्चिम भूगोलबाट खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।



नेता थापासँगै दिवानसिंह विष्ट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वय थापा र विष्ट कञ्चनपुरका बासिन्दा हुन् ।




अन्तिम मतपरिणाम अनुसार दुवै जनाले समान एक हजार ७९९ मत पाएका छन् । थापा र विष्टसँगै सुदूरपश्चिम भूगोलबाट डडेल्धुराका जनक चटौत पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनले दुई हजार ५०८ मत पाएका छन् ।

भूगोलबाट १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुने वैधानिक व्यवस्था छ ।




