


काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम (महिला) क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।


केहीबेरअघि सम्पन्न मतगणनामा उनी सुदूरपश्चिम प्रदेश, महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।





मतगणना स्थलमा रहेका स्रोतका अनुसार चलाउनेले तीन हजार ७५५ मत पाएकी छन् । उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर पनि हुन् ।

चलाउनेकी निकटतम् प्रतिस्पर्धी सुशीला शाहीले एक हजार ६४२ मत प्राप्त गरेकी छन् । उनी कैलालीको लम्की–चुहा नगरपालिकाकी मेयर हुन् ।
सुदूरपश्चिम प्रदेश, महिलातर्फ चार जनाको उम्मेदवारी परेको थियो ।
तेस्रो भएकी खिना भण्डारीले ७७५ र चौथो भएकी टीकेश्वरीकुमारी हमालले ४९० मत पाएकी छन् ।




