कैलालीका ५२ मतदान केन्द्र अति संवेदनशील

cp new add
Nisharg hospital

२ मंसिर, धनगढी । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशील  देखिएको भन्दै मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

Telecome

अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले बताए ।

कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याएको छ । ‘जिल्लाभरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन’ उनले भने । जिल्ला सुरक्षा समितिको टोलीले कैलालीका ५ वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरेर फर्केको उनले उल्लेख गरे ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टका अनुसार कैलाली निर्वाचनका लागि ५ हजार ५२ कर्मचारी, २ हजार ५ सय स्वयंसेवक परिचालन छन । जिल्लामा ६ सय २९ मतदान केन्द्र छन । बिहीबार ५ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याइएको छ । मतदान केन्द्रमा महिला र पुरुषका छुट्टै लाइन हुनेछन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...