po
care tekar

धनगढी प्रवेशमा शुल्क तोकिएको छैन- मेयर हमाल

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । धनगढी उपमहानगरपालिकामा प्रवेश गरेबापत कुनै शुल्क तिर्नु नपर्ने मेयर गोपाल हमालले स्पष्ट पारेका छन्। उपमहानगरपालिका क्षेत्रमा प्रवेश गर्दा शुल्क तिर्नुपरेको दाबीसहितको भिडियो सार्वजनिक भएपछि हमालले त्यसको खण्डन गर्दै प्रवेश शुल्क उठाउने अधिकार स्थानीय सरकारसँग नरहेको बताएका हुन्।

sanjiwan
Nisharg
Nav

मेयर हमालले भिडियो सन्देश जारी गर्दै धनगढी प्रवेश गर्ने व्यक्तिबाट शुल्क उठाउने कार्य गैरकानुनी हुने बताएका छन्। उपमहानगरपालिका आफ्नो क्षेत्राधिकारबारे स्पष्ट रहेको उल्लेख गर्दै उनले कसैले प्रवेश शुल्क उठाएको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्। ‘हामी आफ्नो क्षेत्राधिकारमा सचेत छौँ, हामीलाई प्रवेश शुल्क उठाउने अधिकार पनि छैन,’ हमालले भनेका छन्, ‘त्यस्तो कसैले उठाएको छ भने प्रहरीलाई बुझाउन अनुरोध छ। हामीले त आएको मान्छेलाई स्वागत गर्ने हो, कर लिने होइन।’

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपर्ने भन्दै सार्वजनिक भएको भिडियोले भ्रम सिर्जना गरेको उनको भनाइ छ। त्यस्ता गतिविधि जहाँसुकै भएको भए पनि निरुत्साहित गर्नुपर्ने उल्लेख गर्दै हमालले कसैले जबर्जस्ती शुल्क उठाएको पाइए कानुनी प्रक्रियामा जान आग्रह गरेका छन्।

HAMRO DAIRY

व्यक्तिगत रूपमा आफ्नो नाम नै उल्लेख गरेर विषय सार्वजनिक गरिएकोप्रति पनि हमालले आपत्ति जनाएका छन्। कुनै पनि व्यक्तिले प्रवेश शुल्क उठाएको भेटिए उपमहानगरपालिका वा नगर प्रहरीलाई जानकारी गराएर सहयोग गर्न पनि आग्रह गरिएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...