po
care tekar

सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका(४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

sanjiwan
Nisharg

इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार चाडबाडको बेला प्रहरीलाई छलेर भारतीय सीमा कटाउने तयारी भइरहेको बेला भारीमात्रामा गाँजा बरामद भएको हो ।

HAMRO DAIRY

उनकाअनुसार बुलबुल यादवको घरको कोठामा खानतलासी गर्दा फेला परेको गाँजासहित इनरुवा नगरपालिका-४ बस्ने ३६ वर्षीय घरधनी बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादवलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई लागुऔषध गांजा ओसार पसार र विक्रि वितरण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूको साथबाट प्र१-०२-००१ प ९१९९ नम्बरको एक थान मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद गांजा, मोटरसाइकल र नियन्त्रणमा लिइएका चारैजानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...