press
po

ज्यान मार्ने उद्योगमा दुई आरोपित पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका –८ निवासी दुई जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पक्राउ गरेको छ । सोही वाडको विद्युत् कार्यालय नजिक झैझगडा तथा कुटपिट गरी ज्यान मार्नेसम्मको कसुर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

sanjiwan
Nisharg
Nav

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार गत बुधबार राति करिब ९ः१० बजे भएको कुटपिटमा कञ्चनरूप नगरपालिका –८ का १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको थियो । घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा घटनाको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले सोही ठाउँका १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डललाई नियन्त्रणमा लिएको छ ।

HAMRO DAIRY

प्रहरीले दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...