


धनगढी । बझाङको बित्थडचिर गाउँपालिकाका एक पुरुष बेपत्ता भएका छन्।



बित्थडचिर गाउँपालिका–८, जालिड उस्कला निवासी ४८ वर्षीय प्रयागराज अवस्थी (पूर्ण) असोज २६ गते साँझ करिब ८ बजेदेखि बेपत्ता भएका हुन्।





उपलब्ध सूचनाअनुसार अवस्थीको उचाइ करिब ५ फिट रहेको छ। उनी गहुँगोरो वर्णका, लाम्चो नाक भएका र हल्का दाह्रीजुँगा पालेका व्यक्ति हुन्।

बेपत्ता अवस्थीको खोजीका लागि सम्बन्धित निकाय तथा स्थानीयवासीलाई सहयोग गरिदिन आग्रह गरिएको छ। उनलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।






