


धनगढी । सिरहामा चोरीका तीनवटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ गुलरिया निवासी २५ वर्षीय रिशी कुमार यादव रहेका छन् ।






जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सिरहा नगरपालिका–७ बाट उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

प्रहरीका अनुसार बरामद मोटरसाइकलमा स ८ प ७०६३ नम्बरको कालो पल्सर १५० सीसी, स ४ प १७ नम्बरको रातो युनिकर्न र नम्बर परिवर्तन गरिएको स ११ प ०६११ नम्बरको मोटरसाइकल रहेका छन् ।
पक्राउ परेका यादव र बरामद मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






