press
po

दसैँ मनाएर उपत्यका फर्किने यात्रुको चाप बढ्दै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रु फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकामा सवारीसाधनको चाप बढ्न थालेको छ ।

sanjiwan
Nisharg

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारी चाप बढेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।

HAMRO DAIRY

प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार यात्रुको चाप बढेसँगै आवागमन सहज बनाउने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको छ ।

उपत्यकाका प्रमुख नाकामा दैनिक करिब एक हजार निजी तथा सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...