


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।



पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।





‘डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले भन्यो ।






