press
po

मिठाईमा प्रयोग हुने तेलदेखि कच्चा पदार्थसम्मको विवरण सार्वजनिक गर्न कञ्चनपुर प्रशासनको निर्देशन

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्वका बेला हुन सक्ने उपभोक्ता ठगी र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै मिठाई व्यवसायीहरूलाई आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ।

sanjiwan
Nisharg

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आज सूचना जारी गर्दै मिठाईमा प्रयोग हुने कच्चा पदार्थ तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

जिल्ला प्रशासन कार्यालयद्वारा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि उपभोक्ताले उपोग गर्ने मिठाईलगायतका खाद्य पदार्थका बारेमा सुसूचित गराउन सबै ग्राहकले देख्नेगरी प्रयोग गरिएका कच्चा पदार्थ र मूल्यसूची राख्न आग्रह गरिएको छ।

HAMRO DAIRY

“सञ्चालकले आफूले उत्पादन गरेको मिठाई कुन–कुन मुख्य कच्चा पदार्थ मिसाएर बनाइएको हो, कुन तेल वा घिउ प्रयोग गरिएको हो र कुन मितिसम्म उपभोग गर्न मिल्छ भन्ने जानकारी उपभोक्ताले सजिलै देख्न सक्नेगरी राख्नुपर्नेछ”, प्रशासनको सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले बुधबारदेखि नै तोकिएको विवरण नराखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको छ। प्रशासनले मिठाई व्यवसायीलाई निर्देशन पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छतामा ध्यान दिन अनुरोध गरेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...