



धनगढी । कैलालीमा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–३ का ३४ वर्षीय बुधराम थारु रहेका छन् । उनलाई सवारी ज्यान मुद्दामा ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, घोडाघोडी नगरपालिका–५ का ३० वर्षीय प्रदीपकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।








