press
po

५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोलीसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । लागूऔषध नियन्त्रण ब्युरोले मोरङबाट ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

sanjiwan
Nisharg

ब्युरोका अनुसार भारतबाट नेपालमा लागूऔषध आपूर्ति गर्ने गिरोहबारे लामो समयदेखि निगरानी गर्ने क्रममा बिहीबार मोरङको रतुवामाई नगरपालिका–६ मा दुईवटा मोटरसाइकलमा आएका तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीले चेकजाँच गर्न खोज्दा भारतको अररिया जिल्ला निवासी २२ वर्षीय दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीले चेतावनीस्वरूप ५ राउन्ड हवाई फायर गर्दा पनि गोली चलाउन नछाडेपछि जवाफी कारबाही गरेको जनाएको छ ।

HAMRO DAIRY
Nav

प्रहरीको गोली लागेर दीपककुमार र भारतकै ४० वर्षीय पुनकुमार बोसाक घाइते भएका छन् । उनीहरूको खुट्टामा गोली लागेको र रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ ।

पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुर रहेका छन् । उनी शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति रहेको ब्युरोले जनाएको छ ।

प्रहरीले दीपककुमार बोसाकको साथबाट ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद गरेको छ । घटनास्थलबाट दुई थान मोटरसाइकल र तीन थान मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...