



धनगढी । कञ्चनपुरमा लागूऔषध ब्राउनसुगरसहित सात जना पक्राउ परेका छन् ।
लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट बिहीबार साँझ २ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको हो ।
त्यस्तै, भीमदत्त नगरपालिका–१९ बागफाटाबाट गएराति ११ः३५ बजे थप चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ वर्षीय लछु राना, २७ वर्षीय बलराम राना, १८ वर्षीया लक्ष्मी राना र १८ वर्षीया अनुष्का राना रहेका छन् । उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन् ।
उनकाअनुसार दुवै घटनामा पक्राउ परेका सातै जनामाथि प्रहरीले थप अनुसन्धान भइरहेको छ ।








