


कञ्चनपुर । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वेदकोट नगरपालिका–१० सिसैयाको नयाँ गाउँबाट १० जना जुवाडे पक्राउ परेका हुन् ।



स्थानीय विशाल केसीको घरमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ४२ हजार ६७५ रुपैयाँ नगद बरामद गरेको छ ।





उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावलले जानकारी दिए ।






