press
po

स्वास्थ्य चौकी उद्घाटन विवादमा प्रहरीको गोली, एक घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाण्डौँ । बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ । गोली लाग्दा एक युवक घाइते भएका छन् ।

sanjiwan
Nisharg

घाइते हुनेमा स्थानीय अजित पासवान छन् । शनिबार बिहान स्वास्थ्य चौकी उद्घाटनको तयारी भइरहेका बेला अर्को समूहले कार्यक्रम रोक्न खोजेपछि विवाद सुरु भएको थियो । गाउँपालिका अध्यक्षसहितको टोली उद्घाटनका लागि पुगेपछि विवादले उग्ररूप लिँदै दुई पक्षबीच झडप भएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । त्यसपछि प्रहरीले गोली चलाएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले बताए ।

HAMRO DAIRY

उनका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको थियो । तर, घटनामा पासवानको पेटमा गोली लागेको छ । उनीमाथि गोली कसले चलाएको हो भन्ने यकिन हुन नसकेको पनि डीआईजी अधिकारीले बताए ।

घाइते पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...