


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको विवादास्पद विचौलिया इनम सापकोटासँगको सम्पर्क र संवाद सार्वजनिक भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने बताएका छन्।


खत्रीले सामाजिक सञ्जालमार्फत न्यायाधीशहरूले विचाराधीन मुद्दासम्बन्धी विषयमा विचौलियासँग भेटघाट र संवाद गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।






उनले रोहित गुप्ताको मुद्दाबारे के कुराकानी भएको थियो र न्यायाधीशहरूले कस्तो प्रतिक्रिया दिएका थिए भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। ‘अब महाभियोगतर्फ किन नजाने ?’ भन्दै उनले न्यायाधीशमाथि उठेका प्रश्नको जवाफ खोज्नुपर्ने धारणा राखेका छन्।

यसैबीच, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको निष्पक्षता र इजलास गठनको पारदर्शितामाथि उठेका प्रश्नबारे छलफल गर्न सर्वोच्च अदालतका सबै न्यायाधीशको फुलकोर्ट बैठक बोलाएका छन्।
रास्वपाकै सांसद यज्ञमणि न्यौपानेले पनि यस विषयमा प्रतिनिधिसभामा छलफल हुनुपर्ने र आवश्यक परे संसद् अधिवेशन माग गर्नुपर्ने बताएका छन्।






