कञ्चनपुरमा पैँसा बाँडेको आरोपमा माओवादीका केन्द्रीय सदस्य लम्साल नियन्त्रणमा

cp new add
Nisharg hospital
suchana

३ मंसिर, धनगढी । कञ्चनपुरमा मतदातालाई प्रभावित पार्न पैँसा बाँडेको आरोपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

लम्साल पैँसा बाँड्न पुनर्वास नगरपालिका १ मा गाडीसहित पुगेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उक्त ठाउँमा पुगेर नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले पैँसा बाँडेको सूचनाका आधारमा टोली त्यहाँ पुगेको जनाउदै विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ ।

तर विवादपछि लम्साललाई सुरक्षा नियन्त्रणमा राखिएको छ । मौन अवधीमा मतदातालाई प्रभावित गर्न लम्सालले पैँसा बाँडेको आरोप स्थानीयले लगाएका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...